प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
धनगढी । कैलालीको धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
धनगढीको फाफ्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र एपीएफ क्लब गरी ८ टोलीको सहभागिता रहेको छ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा भएको प्रधानमन्त्री कप पौष ११ गते सम्म चल्नेछ । प्रतियोगिता विजयी टोलीले ५ लाख र उपविजेता टोलीले ३ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गरेको छ । फाप्ला मैदानमा १ सय ६७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ ओभरमा ६ रन बनाउँदै अलआउट भयो । प्रदेश १ का लागि अलिशा खडियाले ५ र सङ्गीता राईले २ विकेट लिएका थिए ।
त्यस अघिले ब्याटिङ गरेको प्रदेश नं १ ले रुविना क्षेत्री ७६ र अप्सरी बेगमको ६१ रनको मद्दतमा १ सय ६० रन बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्