तपाईँ सुन्दै हुनुहुन्छः

मनकामना केबलकार चार दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । 

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार  दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । 

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । 

मर्मत सम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो ।  

उक्त अवधिभर केबलकार बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।   

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।

चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button