तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको महाधिवेशन : खुलातर्फको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना सुरु भएको छ । बिहान १० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु भएको हो ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । यसअघि पार्टीका सबै पदाधिकारीको मतगणना भइसकेको छ ।
हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्रीको मत परिणाम सार्वजनिक भइसकेको हो । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button