काँग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

काठमाडौँ ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी हुनुभएको छ ।
शुक्रवार सम्पन्न मत परिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गर्नुभएको थियो । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्