तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षामन्त्रीको आग्रह

रुपन्देही ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न सबै विद्यालयहरूलाई आग्रह गर्नुभएको छ । 

विज्ञानको युगमा प्राविधिक शिक्षालाई पछ्याउन नसके पछाडि पर्ने बताउँदै उहाँले यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको समन्वय आवश्यक रहेको बताउनुभयो ।

शुक्रवार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको ६८ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले शिक्षकहरूले आफ्ना अधिकारसँगै आफ्नो जिम्मेवारीलाई ध्यान दिन सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने बताउनुभयो । 

सामुदायिक विद्यालयमा राम्रो पढाई नहुने नकारात्मक भ्रम अभिभावक, विद्यार्थी तथा समाजमा रहेको भन्दै मन्त्री पौडेलले निजी विद्यालयमा थोरै तलब पाए पनि राम्रो पढाई हुने तर सामुदायिकमा नहुने विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button