थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट आज थप २ सय ७४ जना संक्रमित भएका छन् ।
आज ७ हजार ६ सय ९१ नमुनाको पिसिआर परीक्षण गर्दा २ सय ६९ जना तथा १ हजार ३ सय २५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप २ सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने थप संक्रमण मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहे
त्यस्तै थप तीन जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ५ सय ७० पुगेको छ ।
मन्त्रालयले दिएको तथ्याङ्क अनुसार नेपालमा ५ हजार ५ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।









प्रतिक्रिया राख्नुहोस्