तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकमसहित वडा सचिव अख्तियारको नियन्त्रणमा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक वडा सचिव (नायब सुब्बा) लाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

विवाह दर्तामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु ३ हजार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सिद्धिकलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता जयराम श्रेष्ठले बताउनुभयो ।

३ हजार नगदसहित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयबाट नासुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button