ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–५ टमालमा ट्रिपर दुर्घटना हुँदा हेटौडा नगरपालिका ११ घर भएका चालक जितबहादुर थिङको घटनास्थलमै मृत्यु भएको हो ।
एमडी दुगड हाइड्रो पावरको हेड अफिस किन्जाबाट मार्वाे पावर हाउसतर्फ जाँदै गरेको ना ७ ख ४५६४ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
ट्रिपर सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाबारे जानकारी पाउन साथ प्रहरी टोली परिचालन गरी चालकको शव फेला परेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्