तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा छैटौँ संस्करणको उद्घाटन (फोटोफिचर)

चितवन । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मूल नाराका साथ  आजदेखि ४ गतेसम्म चल्ने प्रथम अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा छैटौँ संस्करणको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज उद्घाटन गर्नुभएको छ । 

चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा चितवन उद्योग सङ्घ र मिडिया स्पेसको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनीको आयोजना गरिएको हो । 

स्थानीय उत्पादन प्रवर्द्धन तथा निर्माणजन्य सामाग्रीलाई प्राथमिकतामा राखेर औद्योगिक प्रदर्शनी जारी छ ।  कुल २०० स्टलहरूमध्ये ५० भन्दा बढी स्टल भारतका रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button