तपाईँ सुन्दै हुनुहुन्छः

सहमहामन्त्रीको मतगणना जारी : २ घण्टामा नतिजा आउने

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । 

सहमहामन्त्री पदका  आठ क्लष्टर मध्ये अहिले  मुस्लिम, मधेसी, थारु ,खस आर्य र पिछडिएको क्षेत्र गरी ५ कलस्टरको मतगणना  चलिरहेको काँग्रेस केन्द्रीय  निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले रेडियो  नेपाललाई जानकारी दिनुभयो ।

सचिव श्रेष्ठले २ घण्टा पछि सबै क्लष्टरका उम्मेदवारको नतिजा  सार्वजनिक हुने पनि बताउनुभयो 

काँग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर (महिला, दलित र आदिवासी जनजाति) को भने गएराति नै नतिजा आइसकेको छ  । 

निर्वाचन समितिका अनुसार महिला सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सह महामन्त्रीमा जीवन परियार र आदिवासी जनजाति सह महामन्त्रीमा भिष्मराज आङदेम्बे विजयी हुनुभएको छ  ।

खसआर्य तर्फ किशोरसिंह राठोर र देवराज चालिसे उम्मेदवार हुनुहुन्छ । त्यस्तै मधेसी क्लष्टरबाट महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार हुनुहुन्छ । थारु क्लष्टरबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार हुनहुन्छ भने मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल उम्मेदवार हुनुहुन्छ  ।

यसैगरी पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बजाल उम्मेदवार हुनुहुन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button