तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीलाई उत्पादन र रोजगारसँग जोड्छौँ : मन्त्री पौडेल

भैरहवा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरूलाई उत्पादन र रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने बताउनुभएको छ । 

पक्लिहवा क्याम्पसमा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत, बिदाइ, उत्कृष्ट विद्यार्थी सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले प्रविधि अनुसार विद्यार्थीलाई पढ्दै कमाउँदै  (लर्न एन्ड अर्न) कार्यक्रम बनाई उत्पादन र रोजगार कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । 

उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यार्थीका कमी कमजोरीहरूलाई सुधार गरेर जाने बताउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयको जमलमा भएको  लाइब्रेरीलाई देशको सबैभन्दा ठुलो लाइब्रेरी बनाउने निर्णय गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button