कांग्रेस महाधिवेशन : आज पाँच सहमहामन्त्रीको मतगणना हुने

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आझ सुरु हुने भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ ।
आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो ।
मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।
खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार हुनुहुन्छ । त्यसैगरी थारु कलस्टरबाट देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार हुनुहुन्छ ।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार हुनुहुन्छ।
त्यसैगरी पिछडिएको क्षेत्रबाट देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्