तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा प्रधानमन्त्री कप टि–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

धनगढी । कैलालीको धनगढीमा यही पुस ३ गतेदेखि प्रधानमन्त्री कप टि–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले आज धनगढीमा पत्रकार सम्मेलन गरी पुस ३ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु हुने जानकारी दिएको छ ।

सङ्घका अध्यक्ष हरि रेग्मीले प्रधानमन्त्री कपको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । पुस ११ गते सम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र एपीएफ क्लब गरी ८ टोलीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिताको विजयी टोलीले ५ लाख र उपविजेता टोली ३ लाख पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button