थप एक सय ८४ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । देशभर थप एक सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
११ हजार १८ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुई सय ६७ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमण कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६७ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्