तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा मन्त्री डा. रिजालद्वारा पदबाट राजीनामा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रक्षा मन्त्री डा.मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ  ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर रक्षा मन्त्री डा. रिजालले राजीनामा दिनुभएको हो  ।

“नेपाली काँग्रेसको चौधौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको स्पष्ट छ। यस कुरालाई हृदयङ्गम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षा मन्त्री पदबाट राजीनामा दिएको छु।” उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री पदमा उठ्नुभएका डा. रिजालले यसअघि, मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button