तपाईँ सुन्दै हुनुहुन्छः

मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नुभएको छ । 

सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । 

‘हामी तपाईँहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौँ र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ’, उहाँले भन्नुभयो ‘विगतका कुराहरू पनि खोजीनिती गरेर अघि बढ्छौँ । त्यसका लागि तपाईँहरूले ठोस प्रस्ताव ल्याउनुपर्छ ।’

मन्त्री पौडेलले संविधानले समावेशी सुनिश्चित गरे पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको बताउनुभयो । 

‘मूलभूत रूपमा संविधानमा हामीले समावेशीको कुरा त गर्‍यौँ । तर व्यवहारतः अझै बाँकी छ । व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ । व्यूरोक्रेसीमा बाँकी छ’ उहाँले भन्नुभयो, ‘कुराले मात्रै हुँदैन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button