सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु, ३ जना घाइते

सुनसरी । सुनसरी र झापा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
मङ्सिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाइकलले स्थानीय ४० वर्षीय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाइकल चालक भोक्राहा–८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्याइएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको हो ।
त्यसैगरी मङ्सिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका–७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ४० वर्षीय चन्द्र बहादुर राई घाइते भई उपचारको लागि बि. एण्ड सी. अस्पताल बिर्तामोड पुर्याइएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुवै जनाको मृत्यु भएको हो ।
बस र बस चालक इलामको चुलाचुली गाउँपालिका–६ का ३१ वर्षीय सरोज ढकाललाई इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्