तपाईँ सुन्दै हुनुहुन्छः

रक्षामन्त्री रिजालद्वारा राजीनामा घोषणा

file photo

काठमाडौँ ।  रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुहुने भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार दिनुभएका मन्त्री रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नुभएको हो । साथै अन्तिम मत परिणाम आए लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ । 

मन्त्री रिजालले आज फेसबुकमा स्टाटस लेख्नुहुँदै “नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।” भन्नुभएको छ ।

साथै मन्त्री रिजालले आज अपराह्न ४ः०० पत्रकार भेटघाटको आयोजना समेत गर्नु भएको छ ।

मन्त्री रिजालले फेसबुकमा लेख्नुभएको स्टाटस

प्रतिक्रिया राख्नुहोस्

Back to top button