तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महामन्त्री पदको मतगणना जारी : थापा र शर्माको अग्रता कायमै

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । 

केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म एक हजार ५३० मत गणना भएको छ । 

प्राप्त मत परिणाम अनुसार महामन्त्रीका प्रत्याशी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ ।  सबैभन्दा बढी  थापाले ९८५ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का प्रत्याशी शर्माले ६०३ मत ल्याउनुभएको छ । 

त्यसैगरी, महामन्त्रीका अन्य उम्मेदवारहरू क्रमशः डा प्रकाश शरण महतले ४९१, प्रदीप पौडेलले ४४७, डा मीनेन्द्र रिजालले २५४ र डा राजाराम कार्कीले ४७ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मत परिणाम आइसक्ने जानकारी दिनुभयो ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरू थापा, डा  महत,  पौडेल, डा रिजाल, डा  कार्की र  शर्मा उम्मेदवार हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button