कञ्चनपुर जिल्ला कारागारबाट एकै दिन २८ जना कैदीबन्दीको स्थानान्तरण
कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारबाट एकै दिन २८ जना कैदीबन्दीको स्थानान्तरण गरिएको छ ।
एकैसाथ ठूलो सङ्ख्यामा कैदीबन्दीहरु अन्यत्र सारिएको कारागार प्रशासनले जनाएको छ ।
कञ्चनपुरबाट १० जनालाई कैलाली, १० जनालाई डडेलधुरा र ८ जनालाई दार्चुला कारागारमा पठाइएको हो ।
कारागार प्रमुख माया थापाले यहाँको जेलमा ठाउँ अभाव भएपछि अन्यत्र स्थानान्तरण गरिएको बताउनुभएको छ ।
“९५ जना बस्न मिल्ने कारागारमा अहिले ४ सय ५३ जना बसिरहनुभएको थियो” उहाँले भन्नुभयो, “प्लास्टिकको पालमा ओत लाग्दा जाडोले सताउन थाल्यो अन्य जिल्लामा सरुवा गरिएको बताउनुभएको छ । ”
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले ठाउँ अभावले सजाय तोकिएका कैदीबन्दीहरुलाई अन्यत्र पठाएको बताउनुभयो । “कारागार साँघुरो छ । कैदीबन्दी धेरै छन्, बिजोग भएपछि पठाएका हौँ,” उहाँले भन्नुभयो ।
कञ्चनपुर कारागारले लागू औषध, मानव बेचबिखन र सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरुलाई स्थानान्तरण गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्