तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ को नाम र राजधानी यसै अधिवेशनबाट टुङ्गो लगाइने : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवले यसै अधिवेशनबाट प्रदेशको नाम र राजधानीको टुङ्गो लगाइने बताउनु भएको छ ।
प्रदेशसभाको आजको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी रहेको प्रस्तावहरू पेश गर्ने उल्लेख भएपनि प्रदेश सरकारको आग्रह पछि हटाउने काम भएको छ ।

यस अघि विभिन्न दलका संसदीय दलका नेताहरूले शुभकामना दिनु भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको राजधानी तथा नाउँ यसै अधिवेशनबाट पारित हुने बताउनु भयो । 

उहाँले प्रदेशको नाउँ तथा राजधानीमा भएको ढिलाइका कारणले आलोचना भइरहेको बताउँदै प्रदेश सरकार अब यसमा ढिलाइ हुन नहुने पक्षमा रहेकाले यसमा सबै दलका बीचमा अधिकतम सहकार्य जरुरी रहेको बताउनुभयो । 

बैठकमा शुभकामना दिँदै प्रमुख प्रतिपक्षी दलका नेता  एवं लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले प्रदेश सभालाई छलेर अध्यादेश ल्याउने काम गरेकोमा विरोध गर्नुभयो । 

उहाँले प्रदेश सरकारको कामकाजमा आर्थिक अनियमितता भएको अख्तियारले नै प्रमाणित गरेकाले मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनका लागि माग गर्नुभयो । 

बैठकमा अन्य दलका संसदीय दलका नेताहरूले शुभकामना दिँदै प्रदेशको नाम तथा राजधानी जति सक्दो चाँडो बैठकबाट पारित गराउनका लागि माग गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button