तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ प्रदेशसभामा दुई अध्यादेश पेश

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुई वटा अध्यादेश पेश गरिएका छन् । 

आजको प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्नुभयो । 

अध्यादेश पेश भएसँगै सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । 

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरूले अध्यादेश पेश गर्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुभएको थियो । 

पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button