तपाईँ सुन्दै हुनुहुन्छः

किसानसँग १८ हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी लिमिटेड

वीरगंज । बारा, पर्साका किसानसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजले यस वर्ष १८ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । 

कार्यालयले १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजका सूचना अधिकृत मुनिलाल कुशवाहले बताउनुभयो ।

केन्द्रले पठाएको निर्देशन अनुरूप यस पटक सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँमा धान खरिद गर्न लागिएको उहाँले बताउनुभयो । 
धानको मूल्य सङ्घीय सरकारले निर्धारण गरी पठाउने गरेको छ । 

जिरा मसिनोको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने छ । 

बारा पर्सामा हाल किसानहरूले धान बाली भित्र्याई सकेको हुँदा खरिदमा ढिलाइ गर्न नहुने कम्पनीका प्रमुख कुशवाहाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button