‘जातीय भेदभाव र उपेक्षा अझै निर्मूल हुन नसक्दा दलित समुदाय मारमा’

वीरगन्ज । नेकपा समाजवादी प्रदेश नम्बर २ का संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा रहेको बताउनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ पर्साको वीरगन्जस्थित पानी टयांकीमा स्थापित कार्यालयको आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै राजतन्त्र अन्त्य भए पनि समाजबाट जातीय भेदभाव र उपेक्षा अझै निर्मूल हुन नसक्दा दलित समुदाय मारमा परेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागिता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातीय विभेदको विरुद्धमा जनतालाई जागरुप बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले दलित पत्रकार सङ्घसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न सङ्घलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने पनिे प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य केसी लामिछाने, गया हजरा पासवान, पर्साका ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, रामबाबु बैठा, मनोज चौधरी, बृजलाल पासवान, सावित्री शर्मा लगायतको उपस्थिति रहेको रहेको थियो ।
राष्ट्रिय दलित सङ्घ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्