तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ नेता पौडेलद्वारा नवनिर्वाचित सभापति देउवालाई बधाई

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । 

नेता पौडेलले आज दिनुभएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकताबद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली काँग्रेस आजको आवश्यकता हो ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button