तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ सङ्क्रमणजन्य रोग र नानोमेडिसिन सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आज देखि काठमाडौँमा सुरु भएको छ । 

नेपलिज फोरम फर मेडिकल माइक्रोबायोलोजी, नेपाल पोलमर इन्ष्टिच्युट, चाइनिज एकेडेमी अफ साइन्सको संयुक्त आयोजना तथा  बेलायत स्थित सोसाइटी फर एप्पलाइड माइक्रोबायोलोजीको सहयोगमा भर्चुअल रूपमा सञ्चालित सम्मेलनमा १८ मुलुकका वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता विद्यार्थीहरू सहभागी छन् ।

सम्मेलनमा सङ्क्रमणजन्य रोग, सरुवा रोग, इपिडेमियोलोजी, पब्लिक हेल्थ लगायत अति सूक्ष्म प्रविधिको औषधी विज्ञानमा गरिने अत्याधुनिक प्रयोग सम्बन्धी अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत हुनेछन् । 

यस्तै सम्मेलनमा  कोरोना महामारी सम्बन्धी विशेष सत्र समेत सञ्चालन हुने भएको सम्मेलनका सह संयोजक तथा अनुसन्धानकर्ता डा. सन्तोष थापाले जानकारी दिनुभयो । 

यस सम्मेलनमा प्रमुख वक्ताका रूपमा सन २००९ को केमिष्ट्रि तर्फको नोबेल पुरस्कार विजेता इजरायली वैज्ञानिक प्राध्यापक डा. इडा योनाट हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button