तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुवाहक बस र स्करपियो गाडी ठोक्किँदा २७ जना घाइते

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा आज यात्रुवाहक बस र स्करपियो गाडी आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । घाइतेहरूको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

काठमाण्डौबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.००२–००१ ख १०८४ नं.को बस र से १ च १५९३ नं.को स्करपियो आपसमा ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button