तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस १४औँ महाधिवेशन : ३ हजार ८ सय मत खस्यो, आजै मतगणना हुने

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले जारी छ । 

अहिले सम्म ३ हजार ८ सय मत खसिसकेको छ । महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत  ल्याउन नसकेपछि पुनः मतदान भइरहेको हो । दोस्रो चरणमा प्रथम चरणको निर्वाचनमा प्रथम हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र  दोस्रो हुनुभएका नेता डा। शेखर कोइराला प्रतिस्पर्धामा रहनुभएको छ । 

पहिलो चरणको निर्वाचनको मतगणनापछि सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनुभएका ३ जना नेताहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधी र कल्याण गुरुङले भइरहेको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री एवं सभापति शेर बहादुर देउवालाई साथ दिनुभएको छ ।मतदान सकिएपछि सभापतिको मतगणना आजै राती सुरु हुने नेपाली काँग्रेस निर्वाचन समितिका  सचिव श्रेष्ठले बताउनुभयो ।

मतदान सम्पन्न भएपछि आजै मतगणना हुने र आजै राती मध्यरातसम्म सभापतिको मत परिणाम सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button