तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस १४औँ महाधिवेशन : २ हजार ८ सय मत खस्यो

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले जारी छ । 

अहिले बेलुकी ७ बजेसम्म २ हजार ८ सय मत खसिसकेको छ । महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदानको समय बेलुका साढे सात बजेसम्म तोकिएको छ ।

उक्त तोकिएको समयमा मतदान सम्पन्न हुन नसक्ने भएकाले निर्वाचन समितिले मतदानको समय थप्ने भएको समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत  ल्याउन नसकेपछि पुनः मतदान भइरहेको हो । दोस्रो चरणमा प्रथम चरणको निर्वाचनमा प्रथम हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र  दोस्रो हुनुभएका नेता डा. शेखर कोइराला प्रतिस्पर्धामा रहनुभएको छ । 

पहिलो चरणको निर्वाचनको मतगणनापछि सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनुभएका ३ जना नेताहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधी र कल्याण गुरुङले भइरहेको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री एवं सभापति शेर बहादुर देउवालाई साथ दिनुभएको छ ।

मतदान सकिएपछि सभापतिको मतगणना आजै राती सुरु हुने नेपाली काँग्रेस निर्वाचन समितिका  सचिव श्रेष्ठले बताउनुभयो ।

आजै राती गणना भएमा मध्यरातसम्म सभापतिको मत परिणाम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button