तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा भएका गैर–न्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त

जेनेभा । अफगानिस्तानमा तालिबानले अगस्टमा सत्ता लिएदेखि १०० भन्दा बढी गैर–न्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिबान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको विषय भएको संयुक्त राष्ट्रसङ्घका उप अधिकार प्रमुख नाडा अल–नासिफले बताउनुभयो । 

उहाँले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्लाई भन्नुभयो, “अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ । 

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उहाँले बताउनुभयो । “थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटिल भएको देखिन्छ, ”उहाँले भन्नुभयो । 

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मङ्गलवार गरेको अपडेटमा अल–नशिफले भन्नुभयो, “जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरुद्ध पनि त्यस्तै आरोप लागेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button