तपाईँ सुन्दै हुनुहुन्छः

छ करोडको लगानीमा गुम्बा बन्दै

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका–४ लहरेमानेमा गुम्बाको शिलान्यास भएको छ । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले आज सो नवलपुर घ्याङ गुठी गुम्बाको शिलान्यास गर्नुभएको हो ।

गुम्बाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङले राम्रो गुणस्तरको गुम्बा बनाउन निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो  । “राम्रो गुणस्तरकोको गुम्बा बनाउनुस्, लगानीको चिन्ता नगर्नुस्, हामी सम्बन्धित निकायमा पहल गर्छौँ “, तामाङले इन्जिनियरलाई भन्नुभयो । करिब ६ करोडको लगानीमा इन्द्रावती गाउँपालिका ४ लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा बन्ने भएको हो । 

धर्मा एस गौरी गणेश जे भी कम्पनीले गुम्बा बनाउने छ । २ वर्षमा गुम्बाको निर्माण सकिने कम्पनीले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, सिन्धुपाल्चोकका इन्जिनियर प्रकाश कार्कीका अनुसार अन्तिम संरचना सम्मको काम यसै परियोजनाले गर्ने छ । गुम्बामा ६७ वटा मूर्ति रहने कार्कीले जानकारी दिनुभयो । भारत सरकारको आर्थिक सहयोगमा गुम्बा बन्ने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button