तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा फाइजर खोपको दोस्रो डोज लगाउन शुरु

विराटनगर । विराटनगर महानगरपालिकामा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन शुरु गरिएको छ । एक महिना अघि फाइजर खोपको पहिलो डोज लगाएकाहरूलाई विराटनगर स्थित कोशी अस्पतालमा दोस्रो डोज खोप लगाउन शुरु गरिएको हो । 

१२ वर्ष देखी १८ वर्ष मुनि उमेर समूहका तथा जुनसुकै उमेर समूहका  दिर्घरोगीलाई  यो खोप लगाइन्छ ।  आउँदो शुक्रवार सम्म फाइजर खोपको दोस्रो डोज लगाइने र त्यसका लागि पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनुपर्ने कोशी अस्पतालका नर्सिङ प्रशासक मञ्जु यादवले बताउनुभयो । 

उहाँका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कोशी अस्पताल परिसरमा खोप लगाउने व्यवस्था मिलाइएको छ । एक महिना अघि १६ सय ८० जनाले फाइजर खोपको पहिलो डोज लगाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button