काँग्रेस १४औँ महाधिवेशन : ७ सय ५० मत खस्यो

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले जारी छ । अहिले ५ः०० बजेसम्म ७ सय ५० मत खसिसकेको छ । कूल मतदाता सङ्ख्या ४ हजार ७ सय ४७ रहेको छ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान भइरहेको हो । प्रथम चरणमा प्रथम र दोस्रो हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धामा रहनुभएको छ ।
दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्ने नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्