तपाईँ सुन्दै हुनुहुन्छः

सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ : कानूनमन्त्री बडू

File Photo

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली काँग्रेसको महाधिवेशन जारी रहेकाले दलहरूको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताउनुभएको हो । 

उहाँले आजको बैठकमा पनि अध्यादेश पेश बाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामती कर्मचारी विधेयकजस्ता महत्त्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button