तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनस्थल भृकुटीमण्डपमा स्वास्थ्य शिविर

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिनुभएको छ ।

महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेत संयोजक रहनुभएको  स्वास्थ्य समिति गठन गरेको थियो ।  शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी  उच्च रक्तचाप र मधुमेह सम्बन्धी परीक्षण गराउनुभएको डा. हेमन्त गौतमले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधी प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखाला सम्बन्धी समस्या देखिएको पनि डा। गौतमले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ ।

साथै समितिले मतदान प्रवेशद्वारमा पुरै शरीर स्यानिटाइजर हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधी उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधीसहित कविराजको टोली पनि खटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button