तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

कास्की । पाचौं संस्करणको ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ’ पोखरामा हुने भएको छ ।  आगामी पौष १२ गतेदेखि १६ गतेसम्म हुने फेस्टिभलमा कला अनि कला सँगै संस्कृति र पर्यटनलाई टेवा पुग्ने आयोजक पामे फिल्म फेस्टिभलले जनाएको छ ।   

पामे चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनी, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारहरूको समेत प्रवर्द्धन हुने  चलचित्र महोत्सवका मुख्य व्यवस्थापक रिगेन्द गिरीले बताउनु भयो ।

गिरीले भन्नुभयो “ यो महोत्सव  देशको राजधानी भन्दा बाहिर प्रमुख पर्यटकीय शहर पोखरामा हरेक वर्ष हामीले सञ्चालन गर्दै आइरहेका छौ । पामे चलचित्र महोत्सव नेपालको पर्यटन उद्योगका लागी पनि एउटा महत्त्वपूर्ण उत्सव हुने हामीले विश्वास लिएका छौ ।” 
चलचित्र महोत्सवमा  विश्वका २० राष्ट्रका झण्डै २०० भन्दा बढी चलचित्र प्रदर्शन हुने गिरीले बताउनुभयो । 

महोत्सवमा  नेपालको कला साहित्य लाई अन्तर्राष्ट्रियकरण गर्न बारे व्यापक छलफल समेत हुने बताइएको छ । कार्यक्रममा चलचित्रको विश्व रङ्गमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट ठहरिएका कलात्मक सृजनाहरू प्रस्तुत हुने छन् ।  

विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ८० बटा दृश्यचित्रको सहभागिता रहने छ ।   महोत्सवमा साहित्यकारहरूको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम ,थारुनाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाच महोत्सवका थप आकर्षण रहने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button