सांसद त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा

काठमाडौँ । सांसद हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गर्नुभएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भई गत निर्वाचनमा सूर्य चिन्हबाट चुनाव जित्नुभएका त्रिपाठीले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्नुभयो ।
सांसद त्रिपाठीले पार्टीको संयोजक आफू भए पनि कार्य समितिमा अन्य नेताहरू को को हुने भन्ने टुङ्गो लागि नसेकेको बताउनुभयो ।
सांसद त्रिपाठीले नेपालमा सुसंस्कृत राजनीतिक चेतना विकास गर्न आफूले नयाँ दल खोलेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले भइरहेका दलहरूले जनताका मूल मुद्दाहरूमा ध्यान नदिँदा नयाँ दलको उत्पत्ति हुने भन्नुहुँदै जनताको पक्षमा काम गर्न सांसद त्रिपाठीलाई सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्