रावलपिण्डीमा बन्दुकधारीको आक्रमण एक प्रहरीको मृत्यु दुई जना घाइते
पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले सोमबार राति रावलपिन्डी जिल्लाको पीर वधई क्षेत्रमा गस्तीमा खटिएका प्रहरी टोलीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको रावलपिण्डीका सहायक प्रहरी उपरीक्षक बिनिश फाले जानकारी दिनु भएको छ ।
आक्रमणपछि बन्दुकधारीहरु घटनास्थलबाट भागेका अधिकारीहरुले जानकारी दिएका छन् । दुई गम्भीर घाइते प्रहरीहरुलाई जिल्लाको अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेका छन् र आक्रमणकारीलाई पक्राउ गर्न खोजी अभियान सुरु गरिएको छ । अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन् ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्