तपाईँ सुन्दै हुनुहुन्छः

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

काठमाडौं ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मत परिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरुआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरू उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button