तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४ औँ महाधिवेशन : मतदान गर्ने समय थपियो

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय थप गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झन्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राती ९ः०० बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

काँग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button