तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

File Photo

काठमाडौँ । आज देशभर  थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१३ हजार २ सय ३६ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ३ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित मध्ये ९८ प्रतिशत संक्रमित सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५७ पुगेको छ । 

आज देशभर १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button