तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति थापा र बेलायतका राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र बेलायतका महामहिम राजदूत Her Excellency Ms. Nicola Kathryn Pollitt बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button