काँग्रेसको १४ औँ महाधिवेशन : अहिलेसम्म ३८० मत खस्यो

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ ।
पार्टीको १४ औँ महाधिवेशने मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरूले मतदान गरिसक्नुभएको छ ।
मध्यान्ह १२ः०० बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्याशी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवार द्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरू डा.रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलगायतले मतदान गरिसक्नुभएको छ ।
अन्य नेता भने भोट हाल्न लामबद्ध हुनुभएको छ । एकै पटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।
दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभागृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्