तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

  

कास्की । पोखरामा टाइगर कप आमन्त्रित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिम साताबाट सुरु हुने भएको छ । 

आयोजक टाइगर ग्रुप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरु भई १ माघमा समापन हुने जनाएको छ  ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच टोली छन् । 

महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, न्यु डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइगर रूप अफ पोखरा नेपाल (कास्की) रहेको छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र हेल्प नेपाल स्पोटर्स क्लब छन्  ।

पहिलो संस्करणको पुरुष तर्फको विजेता गण्डकी प्रदेश र महिलातर्फको विजेता नेपाल पुलिस क्लब हुन् । 

विजेताले ३–३ लाख पाउनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button