तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन : मतदान सुरु, ४७ सय बढी प्रतिनिधि सहभागी

काठमाडौँ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जानकारी दिनुभयो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।काँग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए ।

अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । काँग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button