तपाईँ सुन्दै हुनुहुन्छः

सिरिया द्वन्द्वको राजनैतिक समाधानको सम्भावना देखिएको संयुक्त राष्ट्रसंघीय अधिकारीको भनाइ

संयुक्त राष्ट्रसंघका सिरियाका लागि विशेष दूत गेइर पेडरसेनले आइतबार पश्चिम र अरब देशका अधिकारीहरूसँगको भेटपछि सिरियामा राजनैतिक समाधानका लागि नयाँ सम्भावनाहरू दखिएको बताउनुभएको छ ।

पेडरसेनले दमास्कसमा संवाददाताहरूसँग भन्नुभयो, “मेरो विचारमा सिरियाली राजनीतिक सङ्कटको अब चरणवद्धरूपमा निकास खोज्न विश्व शक्तिहरू अग्रसर हुनेछन् । मलाई लाग्छ केही विश्वास निर्माण गर्न वार्ता सुरु गर्न सकिन्छ । उहाँले थप्नुभयो, “मैले अमेरिकी, युरोपेली तथा अरब राष्ट्रका नेताहरूसँग ‘गहन छलफल’ गरेको छु । नेताहरू सिरियाली समस्या समाधानका लागि गम्भीर देखिनुभएको छ ।”

उहाँले हालै आफू अरब देशहरू भ्रमण गरेको र त्यहाँका उच्च पदस्थ अधिकारीसँग पनि सिरियाली सङ्कट समाधानका लागि व्यापक छलफल गरेको बताउनुभयो ।
सिरियाकोे दशक लामो युद्धको व्यापक राजनीतिक समाधानका लागि सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको छनोटका साथै सिरियामा विकशित पछिल्ला घटनाहरूको विश्लेषण गर्नुपर्ने जिकिर उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, “मेरो सन्देश यो हो कि द्वन्द्व समाधानका सम्भावित विन्दूहरू पत्ता लगाउन प्रक्रियामा अगाडि बढ्न सुरु गर्नु जरूरी छ र यो सम्भावना छ ।”

आइतबार नै दमास्कस आइपुगेपछि पेडरसेनले सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै उहाँले संवाददाताहरुसँग आफूबीच गहन छलफल भएको बताउनु भएको हो । दुई घण्टाभन्दा बढी समयसम्म चलेका छलफलमा सिरियाले सामना गर्ने सबै चुनौतीका विषयमा विचारविमर्श भएको थियो । उहाँले भन्नुभयो, “हामीले स्पष्ट रूपमा सैन्य स्थिति, आर्थिक स्थिति, मानवीय स्थिति र त्यससँग सम्बन्धित राजनैतिक प्रक्रियालाई निसन्देह रूपमा हे¥यौं ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button