तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

वाशिङटन । संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरी लगायतका मध्य भागहरूमा रातभरि कम्तीमा ३० वटा आँधीबेहरी आएपछि  करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । 

यसअघि अमेरिकाको दक्षिण पूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गर्नुभएको थियो  ।

स्थानीय समयानुसार शनिबार बिहानै सुरु भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताउनु थियो । केन्टकीमा एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । आँधी आएको अवस्थामा मैनबत्ती कारखाना करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेशिरले बताउनु भएको छ ।  

बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताउनुभएको थियो । त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उहाँले बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button