सरकारले १५ खाद्य वस्तुको खाद्य स्तर निर्धारण गर्ने
काठमाडौँ । सरकारले आइसक्रिम, छुर्पी, डेरी ह्वाइटनरसहित १५ खाद्य वस्तुको खाद्य स्तर निर्धारण गर्ने भएको छ ।
बजारमा प्रयोगमा रहेका तर खाद्य ऐनअनुसार लेबल तय नभएका यी वस्तुहरूको स्तर निर्धारण गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा कुरौनी, छुर्पी, डेरी ह्वाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुडको खाद्य स्तर निर्धारण गर्न लागिएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिनुभयो ।
त्यस्तै माल्ट वेस्ट मिल्क फुड, पास्ता, सोयासस्, सोयाबडी र ओट्सकोको पनि खाद्य स्तर निर्धारण अघि बढेको छ । पिनट्स बटर, कोकाबटर र मार्गरिनको पनि खाद्य स्तर निर्धारण अघि बढेको छ ।
विभागले खाद्य स्तर निर्धारणका लागि विषय विज्ञको टास्कफोर्स बनाइएको छ भने प्राविधिक उपसमितिमा विज्ञहरूसहित विभिन्न चरणको छलफल सकिएको जनाएको छ ।
खाद्य स्तर निर्धारणपछि ती वस्तुको उत्पादन र बजारीकरणमा निश्चित मापदण्ड तय हुनेछ भने उपभोक्तालाई पनि स्वस्थ खाद्य वस्तु प्राप्तिको सुनिश्चितता हुने विभागकी महानिर्देशक वैद्यले बताउनुभयो ।
सरकारले राजपत्रमा सूचना निकालेर १३५ वटा खाद्य पदार्थको खाद्य स्तर अनिवार्य निर्धारण गर्न गरेको घोषणाअनुसार यो प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्