तपाईँ सुन्दै हुनुहुन्छः

१८ लाख नगदसहित हुन्डीको कारोबारमा संलग्न २ जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हुन्डीको कारोबारमा संलग्न भएको आरोपमा आज अपराह्न ३ बजे १८ लाख नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडक खण्डमा आदर्श नगर तर्फ जाँदै गरेको ना १६ प ५४४६ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा मोटर साइकलमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षीय चन्दन कुमार साहले बोकेको ब्यागबाट श्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । 

चन्दनको बयानको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी ४४ वर्षीय ओम प्रकाश गुप्तालाई समेत नियन्त्रणमा लिएको छ । 

अभियुक्तहरूलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button