तपाईँ सुन्दै हुनुहुन्छः

गोर्खा सैनिकको विषयमा वार्ताका लागि कमिटी गठन गर्न समाजवादी काँग्रेस आग्रह

काठमाडौँ । नेपाल समाजवादी काँग्रेसले गोर्खा सैनिकको मागका विषयमा बेलायत सरकारसँग वार्ता गर्न जतिसक्दो चाँडो वार्ता कमिटी गठन गर्न आग्रह गरेको छ । 

समाजवादी काँग्रेसले आज पत्रकार सम्मेलन गरेर बेलायतमा कार्यरत गोर्खा सैनिकलाई भइरहेको विभेदका विषयमा छलफल गर्न नेपालले चाँडोभन्दा चाँडो वार्ता कमिटी बनाउन आग्रह गरेको हो । 

पार्टी उपाध्यक्ष पुष्पा राणा घलेले १३ दिन लामो अनसनपछि बेलायतले नेपाल सरकारको  मन्त्री स्तरीय वार्ता कमिटीसँग वार्तामा बस्ने घोषणा गरेकाले नेपालले आवश्यक तयारी गरी वार्तामा बस्न तयार हुनुपर्ने बताउनुभयो । 

बेलायतमा कार्यरत गोर्खा सैनिकले समान काममा समान सेवा सुविधा पाउनुपर्ने भन्दै ३२ वर्षदेखि आन्दोलित भएको भन्दै उपाध्यक्ष घलेले गोर्खा सैनिक भर्तीसम्बन्धी नेपालसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । 

उहाँले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकमाथि भइरहेको विभेद अन्त्यका लागि अग्रसरता लिइदिन सरकारसँग आग्रहसमेत गर्नुभयो । 

बेलायत सरकारले ९ नोभेम्बर १९४७ मा नेपालसँग सम्झौता गरेर बेलायती सैनिकमा नेपालीलाई भर्ना लिँदै उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button